post-slider post-slider

बन्धक बनाइएकालाई मृत्युदण्ड दिने हमासको चेतावनी 

Image
A A

काठमाडौं- हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासको चेतावनीलाई गम्भीरतापूर्वक लिएको बताएको छ। ह्वाइट हाउसले हमास–इजरायल युद्धको अवस्था र बन्धक पारिएकाको बारेमा नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि गएको शनिवार आक्रमण गरी केहीलाई अपहरण गरेको छ। घटनामा कम्तीमा ११ जना अमेरिकी नागरिकको ज्यान गएको छ। बाइडेनले ह्वाइट हाउसबाट पछिल्लो अवस्थाबारे सम्बोधन गर्ने तयारी गर्नुभएको सीएनएनले जनाएको छ।

हमासले झण्डै १ सय ५० जनालाई बन्धक बनाएको विवरण छ। यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू समेत रहेका छन्। शनिवारयता युद्धमा मारिनेको सङ्ख्या एक हजार सात सय ५० जनाभन्दा धेरै पुगेको छ। इजरायलतर्फ एक हजार आठ जना र प्यालेस्टिनतर्फ सात सय ६५ जनाको शव भेटिएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

Tags: