post-slider post-slider

इजरायलबाट घाइतेको उद्धार र मृतकको शव तत्काल ल्याइयोस् : अध्यक्ष ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनुपर्ने बताएका छन्। 

अतिवादी समुह हमासद्वारा इजरायलमा गराइएको आक्रामणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन्।  

‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौँ,’ ओलीले भनेका छन्,‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना।’ इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रमणमा सयौंको ज्यान गएको छ भने दुवै पक्षबिच भिडन्त अझै पनि जारी छ।   

Tags: