post-slider post-slider

रोकिएका कानुन छिटो अघि बढाउनु : प्रधानमन्त्री प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुन यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन्। आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवसँग भएको बैठमा उनले अघि बढेर पनि मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयमा अल्झिएका कानुनबारे चासो व्यक्त गरेका हुन्।

यसअघि पनि उनले सार्वजनिक रूपमै कानुन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि पोखेका थिए।

आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले लम्पी स्किन तथा डेंगीलगायतका संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने गरी सम्बन्धित निकायसँग समन्वय गर्न पनि भनेका छन्।

बैठकमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सेवा प्रवाह, राष्ट्रिय गौरवका एवम् ठूला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कामलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता नारायण भट्टले जानकारी दिए।

 

Tags: