post-slider post-slider

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

Image
A A

काठमाडौं- रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो।

पहिलो हाफ बिना गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो।

रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले गोल गरेका थिए । कारभाजलले खेलको ७४औं र भिनिसियसले ८३औं मिनेटमा गोल गरेका थिए।

यो सहित रियल म्याड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो।

१८ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ।

सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो। त्यसयता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन।

त्यस्तै, तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको डोर्टमण्ड भने दोस्रो पटक उपविजेता बनेको छ। यसअघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो।
  

Tags: