post-slider post-slider

गैरीगाउँ सामूहिक हत्याका अभियुक्त कारागार चलान

Image
A A

काठमाडौं- काठमाडौंको तीनकुने सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले शुक्रबार थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

गत भदौ २९ मा तीनकुने गैरीगाउँमा भएको चार जनाको हत्या अभियोगमा भण्डारीलाई पक्राउ गरेको थियो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि पक्राउ गरेको थियो।

प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले ठक्कर दिइ फरार भएपछि त्यसको बदला लिन एक व्यक्तिको हत्या गर्ने योजना बनाएको, तर घटना गराउँदा घटनास्थलमा आइपुगेकाले अन्य तीन जनाको पनि खुकुरी प्रहार गरी हत्या गरेको बताएका थिए।

साथै उनले विभिन्न मिति र स्थानमा अहिलेसम्म अन्य ९ जनाको पनि हत्या गरेको बयान दिएका छन्। उनले प्रहरीलाई ९ जनाको हत्या सम्बन्धमा अनुसन्धान गर्न प्रहरीलाई चुनौती दिएका छन्।

२९ भदौमा तीनकुनेस्थित सःमिलत्रि दोलखाको कालिञ्चोक गाउँपालिका–८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र धनकुटा भिरगाउँ घर भइ हाल मोरङको बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो।

उनीहरूको हत्या अभियोगमा पक्राउ परेका भण्डारीको बयान सकेपछि प्रहरीले अनुसन्धान बुझाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

 

Tags: