post-slider post-slider

स्याङ्जामा पहिरो जाँदा दुई जनाको मृत्यु, एक बेपत्ता

Image
A A

काठमाडौं- अविरल वर्षासँगै पहिरो जाँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका-६ लामाखेतकी ६५ वर्षीया गुइश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा रहेका छन्।

शनिबार दिउँसो ईश्वरी लम्सालको घरमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले बताए।

पहिरोमा पुरिएर एक जना बेपत्ता छन्। सोही गाउँपालिका-६ का ७१ वर्षीय माधव शर्मा बेपत्ता रहेको रानाले बताए।

बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ। सामान्य घाइते भएका पाँच जनाको उद्धार गरिएको छ।

यस्तै, स्याङ्जा आधीखोला गाउँपालिका-४ सेपतस्थित किनारमा एक जना मृत फेला परेका छन्। पर्वत फलेबाँस नगरपालिका-१ का ४० वर्षीय झलक पौडेलको शव खोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको हो।

Tags: