post-slider post-slider

महोत्तरीमा एनएमबी बैंकबाट लुटपाट

Image
A A

जनकपुरधाम- महोत्तरीमा एनएमबी बैंकबाट रकम लुटपाट भएको छ।

जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट मंगलबार दिउँसो हतियारधारी समूहले लुटपाट गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले चार जनाको समूहमा आएका हतियारधारी समूहले बैंकमा लुटपाट गरेको जानकारी दिए।

‘मोटरसाइकलमा आएका चार जनाको समूहले लुटपाट गरेको देखिन्छ,’ घटनास्थलमै रहेका एसपी मल्लले भने,‘दुई जना क्यास काउन्टरमा हतियार देखाएर रकम लुटेको र दुई जना बाहिर बसेर निगरानी गरेको देखिएको छ। अहिले हामी बैंकमै छौं। थप धेरै भन्न सकिनँ।’

लुटेरा समूहले कति रकम लुटेर लगेकोबारे यकिन हुन नसकेको उनले बताए। 

एसपी मल्लले घटनाको छानबिन र लुटेराहरूको खोजी कार्य भइरहेको जानकारी दिए।

लुटपाट भएको महोत्तरी गाउँपालिका सदरमुका जलेश्वरबाट करिब ५–६ किलोमिटरको दूरीमा रहेको छ भने त्यहाँबाट भारतीय सीमा पनि नजिकै छ।

 

Tags: