post-slider post-slider

प्रहरीले कुटे अध्यागमन अधिकृत

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीले हातपात गरेको छ।

विमानस्थलमा खटिएका एक प्रहरीले अधिकृत छायाँलाल मोक्तानमाथि हातपात गरेको हो।

विमानस्थलको अराइभलबाट डिपार्चरततिर गएका मोक्तानसँग मेटल डिटेक्टर भएको स्थानमा चेकजाँच गर्ने क्रममा विवाद भएको थियो।

आफू अध्यागमन अधिकृत भएर मेटल पनि नभएको भन्दै किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए।

त्यो विवादका क्रममा आफूलाई प्रहरीले हातपात गरेको अध्यागमन अधिकृत मोक्तानको भनाइ छ।

विवाद चर्किएपछि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले सिसिटिभी फुटेज हेरेका थिए।

फुटेजमा प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानलाई दुव्र्यवहार गरेको पाइएपछि उनले किन त्यसो गरेको भनेर प्रश्न गरे।

तर, प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यहीँ लात्ताले हाने। त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लाग्यो।

अध्यागमन कार्यालयले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएको छ।

 

Tags: