post-slider post-slider

यस्तो प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तालिका

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको तालिका सार्वजनिक भएको छ।

परराष्ट्र मन्त्रालयले आगामी शनिबारदेखि एकसाताका लागि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका सार्वजनिक गरेको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको कार्यक्रम तािलकाअनुसार चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा प्रचण्डले राष्ट्रपति सि जिनफिङसँग पनि भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि रहनेछन्।

त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरूका साथै व्यापारिक समुदायको प्रतिनिधिहरू पनि भ्रमण टोलीमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति लिबीच हाङझाउमा भेटवार्ता हुनेछ।

उनले बेइजिङस्थित नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन्।

त्यस्तै चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद, नेपालको उद्योग वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गर्ने ‘चीन–नेपाल लगानी सम्मेलन’ लाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर २३ मा हाङजाओमा हुने १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

उनले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डको नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन्।

यो भ्रमणले सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सकेर ३० सेप्टेम्बरमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन हाल न्यूयोर्कमा रहेको प्रचण्ड उतैबाट चीन जानेछन्।

 

Tags: