post-slider post-slider

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

Image
A A

काठमाडौं- ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यो प्रकरणमा मुछिएका थप दुई जनालाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका छन्।

पोखरेल गृह मन्त्रालयअन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवासको जग्गामा मोही बनेका थिए।

यसअघि आइतबार प्रहरीले बाबुराराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको थियो।

महर्जन नक्कली मोही भट्टराई २०६० सालमा काठमाडौं महानगर–४ का तत्कालीन वडासचिव (हाल महानगर अधिकृत) र कार्की २०६७ सालमा नापी कर्मचारी थिए।

यो प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले गत मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो।

उनीहरू अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

डिल्ली बजारका मालपोत प्रमुख कलाधर देउजा र दुई अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशले पक्राउ परे लगत्तै छुटेका थिए।

 

Tags: