post-slider post-slider

नापी सर्वेक्षक र विचौलिया १ लाख २५ हजार घुससहित पक्राउ

Image
A A

काठमाडौं- नापी कार्यालय भद्रपुरका नापी सर्वेक्षक र विचौलिया घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटेको टोलीले उनीहरूलाई ७० हजार नगर र ५५ हजार रूपैयाँको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

कित्ताकाट गरेवापत सेवाग्रहीसँग घुस माग गरेको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले ठाकुर र यादवलाई भद्रपुर नगरपालिका–७ चन्द्रगढीबाट नियन्त्रणमा लिएको प्रवक्ता दाहालले बताए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

Tags: