post-slider post-slider

सांसद शर्मा पक्राउमा सरकारको भूमिका शंकास्पद छ : राजेन्द्र लिङ्देन

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद सुनिल शर्मालाई पक्राउको विषयले सरकारमाथि प्रश्न उठाएको बताएका छन्।

शनिबार ३४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित रक्तदान कार्यक्रममा उनले शर्मामाथि पहिले नै अनुसन्धान सुरु भएकामा अहिले एक्कासी किन पक्राउ गरियो र छाडियो भन्ने प्रश्न सरकारमाथि उठेको बताएका हुन्।

‘डा. सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो। अहिले नै किन कार्यान्वयन गरियो ?’ लिङ्देनले प्रश्न गरे, ‘सुनिल शर्माले सत्तापक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनुभयो। र फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सांसद शर्मालाई बिहीबार उनकै निवासबाट पक्राउ गरेको थियो। तर शुक्रबार जिल्ला अदालत काठमाडौंले उनीमाथि अनुसन्धानका लागि थुनामा नै राख्नुपर्ने नदेखिएको भन्दै छाड्न आदेश दिएको थियो। नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका अरु चिकित्सकहरु भने थुनामा नै छन्।

राप्रपा अध्यक्ष लिङ्देनले आफूहरुको प्राथमिकता सत्ता नभएको बताए। उनले नेपाली युवाहरुले राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने धारणा राखे।

 

 

Tags: