post-slider post-slider

यू–१९ विश्वकप : आकाशको घातक बलिङ, अफगानिस्तान १४५ रनमा सीमित

Image
A A

काठमाडौं- दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु  १४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान नेपालको आक्रमक बलिङसामु धारासायी भएपछि ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५  रनमात्रै बनाउनसक्यो।

अफगानिस्तानका लागि नेपाली बलर आकाश चन्द घातक घातक सावित भए।

नेपाललाई सफलता दिलाउने क्रममा चन्द एक्लैले ५ विकेट लिए। विश्वकपमा उनको यो उत्कृष्ट प्रदर्शन हो।

त्यस्तै दीपेस कँडेलले २, गुलशन झा, सुवास भण्डारी र तीलक भण्डारी १–१ विकेट लिएका छन्।

समूह ‘डी’ नेपालसँगै अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान रहेकोमा दुई जितसहित न्युजिल्यान्ड र पाकिस्तान अर्को चरणमा पुगिसकेका छन्।

आफ्नो २–२ खेल हारिसकेको नेपाल र अफगानिस्तानका लागि आजको खेल ‘गर या मर’ जस्तो छ। यो खेलमा जित हासिल गर्ने टिम अर्को चरणका लागि प्रवेश पाउनेछ।

 

Tags: