post-slider post-slider

मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

Image
A A

काठमाडौं- भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ।

बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ। जबकि, ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन्। एकजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र वर्षाका कारण ओत लिएका मानिसहरुलाई लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

सोमबार साँझ जिमखाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो। 

Tags: