post-slider post-slider

दुई दशकपछि भारतले रच्यो इतिहास, भारतसँग न्युजिल्यान्ड पराजित

Image
A A

काठमाडौं- आइसिसी विश्वकपमा भारतले न्युजिल्यान्डलाई पराजित गरेर दुई दशकअघिको कीर्तिमान तोडेको छ।

आइतबार धर्मशाला मैदानमा न्युजिल्यान्डलाई पराजित गरेर यो कीर्तिमान कायम गरेको हो।

यअसघि सन् २००३ मा न्युजिल्यान्ड भारतसँग पराजित भएको थियो। त्यसयता भएका सबै आइसिसी प्रतियोगितामा न्युजिल्यान्डसँग भारत पराजित भएको थियो।

२०१९ को विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग १७ रनले पराजित हुँदा भारतको फाइनलसम्मको यात्रा टुंगिएको थियो।

भारतले जारी विश्वकपमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेर २०१९ को ‘बदला’ लिएको छ।

न्युजिल्यान्डले प्रस्तुत गरेको २७४ रनको लक्ष्य भारतले ६ विकेट गुमाएर ४८ ओभरमा पूरा ग¥यो।

भारतलाई जित दिलाउन ‘चेज मास्टर’ विराट कोहलीले महत्वपूर्ण योगदान पु¥याए। कोहलीको ९५ रनको इनिङले भारतलाई लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्यो।

१०४ बलको सामना गरेका उनले ८ चौका र २ छक्का प्रहार गरे।

कप्तान रोहित शर्मा र सुभमन गिलले आक्रमक सुरूवात गर्दै जितका लागि मजबुत जग बनाए। शर्माले ४० बलमा ४ चौका र ४ छक्काको मदतले ४६ रन बनाउँदा गिलले ३१ रनको योगदान दिए।

३१ बलको सामना गरेका गिलले ५ चौका प्रहार गरे।

शर्मा र गिल आउट भएपछि केहीबेर दबाबमा देखिएको भारतीय टिमको पारी कोहली र श्रेयेस अय्यरले सम्हाले।

अय्यरले २९ बलको सामना गर्दै ३३ रन जोडे। उनले ६ चौका प्रहार गरेका थिए।

अय्यर आउट भएपछि भारतीय टिम फेरि एकपटक दबाबमा आयो। तर, कोहलीले केएल राहुलसँग साझेदारी गरेर स्कोर अगाडि बढाइरहे।

राहुल आउट भएपछि विश्वकपमा डेब्यु गरेका सूर्यकुमार यादव धेरैबेर टिक्न सकेनन्। उनी रन आउट भए।

त्यसपछि कोहलीलाई साथ दिए रवीन्द्र जडेजाले। सम्हालिएर ब्याटिङ गरेका जडेजाले अविजित ३९ रन बनाए।

४४ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

४८ औं ओभरमा भारतलाई जितका लागि ५ रन चाहँदा कोहलीलाई ४९ औं शतक पूरा गर्न पनि त्यतिकै रन जरूरी थियो।

छक्का प्रहार गरेर शतक पूरा गर्ने प्रयासमा कोहली क्याच आउट भए। जडेजाले ४८ औं ओभरको अन्तिम बलमा चौका प्रहार गरेर ‘विनिङ सट’ हाने।

यो जितसँगै जारी विश्वकपमा भारतले ‘अजय–यात्रा’ लाई कायमै राखेको छ। अहिलेसम्म भारतले खेलेको सबै पाँच खेलमा जित हासिल गरेको छ।

त्यस्तै अहिलेसम्म सबै चार खेल जितेको न्युजिल्यान्ड जारी विश्वपकमा पहिलोपटक भारतसँग पराजित भएको छ।

यसअघि टस जितेर भारतले न्युजिल्यान्डलाई ब्याटिङका लागि निम्तो दिएको थियो।

पहिलो पावरप्लेमा दुई विकेट गुमाएको न्युजिल्यान्डको मध्यक्रमका ब्याटरहरूले शानदार प्रदर्शन गरे।

डेरिल मिचेलको शतकीय र रचीन रवीन्द्रको अर्धशतकीय इनिङको मदतले न्युजिल्यान्डले २७३ रन जोडेको थियो।

मिचेलले १३० र रवीन्द्रले ७५ रनको योगदान दिए।

१० देखि ४० ओभरसम्म आक्रमक देखिएको न्युजिल्यान्डका ब्याटरहरू अन्तिम १० ओभरमा खासै प्रदर्शन गर्न सकेनन्। 

भारतका लागि बलिङ गरेका मोहम्मद शामीको बलिङसामु न्युजिल्यान्डका ब्याटरहरू धारासायी भए।

जारी विश्वकपमा पहिलोपटक मौका पाएका शामीले ५ विकेट लिए। त्यस्तै कुलदीप यादवले २, जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए।

५ विकेट लिएका शामी ‘प्लेयर अफ द म्याच’ भए।

न्युजिल्यान्डका डेभोन कन्वे शून्य रनमा आउट हुँदा विल यंग १७, टौम लेथमले ५, ग्लेन फिलिप्सले २३, मार्क च्याम्पनले ६, मिचेल सैन्टरले १, माट हेनरी शून्य, लकी फर्गुसनले १ बनाए।

यो जितसँगै भारत विश्वकपको अंकतालिकामा १० अंकसहित पहिलो स्थानमा पुगेको छ भने ८ अंकसहित न्युजिल्यान्ड दोस्रो स्थानमा रहेको छ।

 

Tags: