post-slider post-slider

यू–१९ एसियाकप फाइनल : बंगलादेशले युएईलाई दियो २८३ रनको लक्ष्य

Image
A A

काठमाडौं - यू–१९ एसिया कप फाइनलमा बंगलादेशले प्रतिद्वन्द्वी युएइसामु २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबइमा जारी फाइनल खेलमा बंगलादेशले यो लक्ष्य प्रस्तुत गरेको हो।

युएइले टस जितेर बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। 

अशिकुर रहमान सिबलीको सतकीय र मोहम्मद रिजवान तथा अरिफुल इस्लामको अर्धशतकीय इनिङको मदतले बंगलादेशले ८ विकेट गुमाएर २८२ रन बनायो।

सिबलीले १४९ बलको सामना गर्दै १२९ रन बनाउँदा रिजवानले ६० र इस्लामले ५० रन जोडे।

युएइका लागि अ‍ैयमान अहमदले ४, ओमिद रहमानले २ र हार्दिक पाल तथा धु्रव परासरले १–१ विकेट लिए।

 

Tags: