post-slider post-slider

छानबिनको माग गर्दै रवि लामिछानेविरूद्ध सभामुखसमक्ष उजुरी

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध सभामुखसमक्ष र संसदको राज्य व्यवस्था समितिमा उजुरी परेको छ।

सिन्धुलीका युवराज सफलले छानबिनको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष उजुरी दिएका हुन्।

सभापति लामिछानेसमेत सञ्चालक रहेको ग्यलोक्सी टेलिभिजनमा सहकारीको ५२ करोड रूपैयाँ लगानी गरिएको विषयमा छानबिन गर्न उजुरीमार्फत सफलले माग गरेका छन्।

‘३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा निज रवि लामिछानेको संलग्नता के कसरी भएको हो, सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भएकाले निज रवि लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समितिको आवश्यक्ता परेकोले तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनका लागि सम्मानीय सभामुखज्यूसमक्ष नेपाली नागरिकको तर्फबाट प्रस्तुत निवेदन पेस गरेको छु,’ निवेदनमा भनिएको छ।

Tags: