post-slider post-slider

गृहमन्त्रीलाई गगन थापाको प्रश्न– काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो?

Image
A A

काठमाडौं– कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई लिएर गृहमन्त्रीको जवाफ मागेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर थापाले यादवमाथि सांघतिक हमला भएको भन्दै विरोध गर्दै के काठमाडौंमा एक्लै हिड्न नमिल्ने हो भन्दै प्रश्न गरेका हुन्।

'“यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ। नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत पनि गराउन चाहन्छु। सरकारको ध्यानाकर्षण गराउन चाहनछु। या विषयको गहिरो अनुसन्धान भएर, यो घटना कसरी भयो किन भयो सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,” थापाले भने, “योसँग जोडिएका अन्य सबै पक्षहरू पनि उजागर होस्।'

महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।  'गृहमन्त्रीलाई सोध्न चाहन्छु,  के अब हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो। कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो?,' उनले भने।

 

Tags: