post-slider post-slider

रिगललाई आममाफी दिने निर्णय विरूद्धको मुद्दामा आज फैसला आउँदै

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरूद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने भएको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरूद्ध दायर रिटमा फैसला सुनाउने जानकारी दिएको हो।

बुधबार मुद्दामाथिको सुनुवाइ सकिएपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषदले रिगलको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

सरकारको यो सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए।

ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि गत मंगलबारका लागि सुनुवाई तोकिएको थियो।

असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्ने कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो।

 

Tags: