.png) 
                
                
                     
                
                बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय
 
                    काठमाडौं। काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए। उक्त वस्तु आज बिहान ८३० बजे फेला परेको थियो ।
 
                                 
                 
                