‘समाजवादी मोर्चा संघीय गणतन्त्रका पक्षधरहरूप्रति परिलक्षित छैन’
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ वर्षअघि एमालेसँग हतारोमा एकता गर्नुपरेको टिप्पणी गरेका छन्।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।
उनले हतारोमा एकता गर्दा पार्टी बचाउन नसकिएको जिकिर गरे।
‘राष्ट्रिय सभागृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा ग¥यौं, तर त्यो पार्टी बचाउन सकेनौं,’ प्रचण्डले भने,‘त्यो बेला कहिँ त्रुटि भयो कि समीक्षा गर्नुपर्छ, सायद त्यतिबेला पार्टी एकतै गर्ने हतारो पो गरेछौं कि?’
उनले निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको जिकिर गरे।
‘आज समाजवादी मोर्चा बनेर घोषणा गरेका छौं, यो हिजोको अनुभवको पनि नयाँ संश्लेषण भएको छ। अब हाम्रो सफलतालाई कसैले रोक्न सक्दैन,’ प्रचण्डले भने।
उनले समाजवादी मोर्चा संघीय गणतन्त्रका पक्षधरहरूप्रति परिलक्षित नरहेको बताए।
विगतलाई समीक्षा गर्दै एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट मोर्चा जन्मिएको उनको भनाइ छ।
देशलाई फेरि निरंकुशतातिर फर्काउन चाहनेविरूद्ध मोर्चाले नयाँ ढंगबाट क्रान्ति गर्ने प्रचण्डले बताए।
‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग समुदायको अधिकारका पक्षधरहरूका विरूद्ध परिलक्षित छैन,’ प्रचण्डले भने,‘बरू यो समाजवादी मोर्चा सबैलाई समेटेर नयाँ शिराबाट देशको राष्ट्रिय एकता, स्वाधीनता र जनताको हक अधिकारलाई सुनिश्चित गर्ने, समाजवादको नयाँ युगतिर लैजाने गम्भीर जिम्मेवारीबोधसहित यो मोर्चा गठन भएको हो।’