post-slider post-slider

अमेरिकी पूर्वविदेशमन्त्री किसिन्जरको निधन

Image
A A

काठमाडौं- अमेरिकाका पूर्वविदेशमन्त्री हेन्नी किसिन्जरको सय वर्षको उमेरमा निधन भएको छ।

उनले निक्सन र फोर्ड प्रशासनको समयमा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए।

उनले स्थापना गरेको राजनीतिक परामर्शदातृ संस्था किसिन्जर एसोसिएट्सले एउटा विज्ञप्तिमा जर्मनीमा जन्मेका पूर्वकूटनीतिज्ञको उनकै घरमा मृत्यु भएको जनाएको छ।

विज्ञप्तिमा उनको मृत्युको कारण भने खुलाइएको छैन।

आफ्नो दशकौं लामो कूटनीतिक तथा राजनीतिक जीवनमा किसिङ्गरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्वपूर्ण भूमिका खेलेका थिए। उद्यपित उनले खेलेका कैयौं भूमिकाहरू विवादस्पद पनि रहे।

्पदमा रहँदा पनि र नरहँदा पनि किसिन्जर चर्चामा रहिरने खालका अमेरिकी वरिष्ठ कूटनीतिज्ञ थिए।

अमेरिका र चीनबीच सम्बन्ध चिसिएको र दुवै देशले सम्बन्ध सुधार गर्न खोजिरहेका बेला गत जुलाई उनले बेइजिङ भ्रमण गरेका थिए।

त्यसबेला किसिन्जरबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो।

त्यसबेला उनले चिनियाँ राष्ट्रपति सि जिनपिङको न्यानो स्वागत पाएका थिए।

अमेरिकाले उनी एक नागरिकको रूपमा व्यक्तिगत भ्रमणमा रहेकोमा जोड दिएको थियो।

 

Tags: