यमपञ्चक सुरू, आज काग तिहार
काठमाडौं - प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने नेपालीको चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू भएको छ।
कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बुधबार बेलुकी यमदीपदान सुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिले जानकारी दिएको छ। समितिले यमदीपदान पनि आजै सुरू हुने जानकारी दिएको छ।
कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।
यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ। यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।
समितिले कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार र तथा कात्तिक १६ गते शुक्रबार औँसी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले जनाएको छ।
कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ हुने छ। त्यस्तै, कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जानकारी दिएको छ।