post-slider post-slider

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

Image
A A

काठमाडौं - म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ। म्यानचेस्टर सिटीलाई‌ शनिबार राति २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो।

गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो। यस सिजनमा सिटीसँग त्यही बदला लिने क्रममा शनिबार युनाइटेडका अलेहान्द्रो गार्नाचो र कोबी माइनोले गोल गरे।

सिटीका जेरेमी डोकुले एक गोल फर्काएका थिए।

खेलको ३० औं मिनेटमा गार्नाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो। गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन। खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल फर्काएका थिए।

एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो। युनाइटेडको‌ यो १३ औं एफए कप उपाधि हो।

आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ। यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ।

Tags: