post-slider post-slider

सरकारबाट हट्नुपर्छ भन्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको प्रष्ट पारेका छन्।

समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकारबाट हट्नुपर्छ भन्ने टेन्सन नभएको सुनाए।

उनले भने, ‘मलाई अब केही लिनुदिनु छैन। जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन। यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन। कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो। मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ। जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन्। फेरि मलाई सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन।’

आफूले सरकारले नेतृत्व गरेको आठ महिना हुन लाग्यो पनि गठबन्धनमा पनि अझै राम्रो हुँदै गइरहेको बताए।

 

Tags: