post-slider post-slider

त्रिविको नेतृत्व लिन ४३ जना प्रतिस्पर्धामा

Image
A A

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले दरखास्त दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाले आवेदन दिएका हुन्।

आवेदन दिनेमा त्रिविका वर्तमान र पूर्वपदाधिकारीहरू समेत छन्।

उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, पूर्वउपकुलपति प्रा.डा.तीर्थ खानियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.लेखनाथ शर्मा र पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.केशरजङ्ग बराल छन्।

त्यस्तै त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा.कुसुम शाक्यले पनि दरखास्ता दिएका छन्।

मध्यपश्चिम विश्वविद्यालयका हालका कुलपति प्रा.डा.नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका प्रा.डा.इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेलले पनि उपकुलपतिका लागि दरखास्त दिएका छन्।

संगीता रायमाझी, सञ्जय आचार्य, प्रा.डा. टंकनाथ धमला, प्रा.डा.आनन्दवल्लभ जोशी, प्रा.डा.अक्कलजेव मिश्र, प्रा.डा.ऋदिशकुमार पोखरेल, नारायणप्रसाद पाठक, प्रा.डा.ज्ञानेन्द्रप्रसाद पौडेल, डा.विनयकुमार झा, डा.शुभनारायण पाठक, प्रा.डा.महानन्द चालिसे, सूर्यबहादुर थापा, प्रा.डा.भोजराज अर्यालको पनि उपकुलपतिका लागि निवेदन परेको छ।

त्यस्तै भीमसेन देवकोटा, प्रा.डा.वेदनाथ शर्मा, प्रा.डा.नारायणप्रसाद बेल्बासे, प्रा.डा.हेमराज शर्मा, प्रा.डा. प्रकाश घिमिरे (काठमाडौं), प्रा.डा. प्रकाश घिमिरे (गोरखा), डा.रामचन्द्र बस्नेत, प्रा.डा.केदारनाथ घिमिरे, प्रा.डा.महेन्द्रप्रसाद शर्मा, प्रा.डा.विनोद पराजुली, प्रा.डा.देवबहादुर खड्का, प्रा.डा.कृष्णराज तिवारी, प्रा.डा.गोविन्द सुवेदी, प्रा.डा. नवराज देवकोटा, बालमुकुन्द रेग्मी, प्रा.डा.रामप्रसाद रेग्मी, प्रा.डा.चित्रबहादुर बुढाथोकी, प्रा.डा.त्रिरत्न बज्राचार्य, प्रा.डा.एकराज ओझा र प्रा.डा.प्रमोदकुमार झाले पनि दरखास्त दिएका छन्।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्ता आह्वान गरेको थियो।

त्रिविको उपकुलपति पहिलोपटक प्रतिस्र्धाबाट चयन हुन लागेको हो। 

 

Tags: