post-slider post-slider

विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरू

Image
A A

काठमाडौं- विद्यालय शिक्षा विधेयक, २०८० माथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सुरू भएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा यो विधेयमाथि छलफल सुरू भएको हो।

शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री अशोक राईले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

सरकारले संसदमा दर्ता गरेसँगै विद्यालय शिक्षा विधेयक विवादित बनेको थियो।

विधेयकमा भएका व्यवस्थाविरूद्ध निजी विद्यालयका संस्थापक र सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए।

विधेयकविरूद्ध निजी विद्यालयका संस्थापक र सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा छुट्टाछुट्टै आन्दोलन गरेका थिए।

सरकारले निजी विद्यालयका संस्थापक र सामुदायिक विद्यालयका शिक्षकहरूसँग सम्झौता गरेपछि छलफलका लागि प्रतिनिधिसभामा पेस भएको हो।

निजी विद्यालयहरू अनिवार्य गुठीमा समावेश हुनुपर्ने विधेयकमा भएको व्यवस्था सरकारले सच्याउने सहमति गरेको थियो।

त्यस्तै नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनपछि सरकारले ६ बुँदे सम्झौता गरेर विधेय सच्याउने प्रतिवद्धता गरेको थियो।

 

Tags: