post-slider post-slider

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिँदै

Image
A A

काठमाडौं- संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। पशुपतिको आर्यघाटमा उनको अन्त्येष्टि हुँदैछ।

यसअघि नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको थियो।

उनको निजी निवास बालुवाटारबा सुरू भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको छ।

सोमबार राति हृदयघातका कारण नेम्वाङको निधन भएको थियो। उनका दुई छोरा बुधबार विदेशबाट फर्किएपछि बिहीबार अन्त्येष्टि हुन लागेको हो।

संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कदरस्वरूप सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नुका साथै बिहीबार देशभर शोक बिदा दिने निर्णय गरेको छ।

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाटमा एमालेका साथै अन्य दलका शीर्ष नेताहरू पुगेका छन्।

Tags: