post-slider post-slider

पूर्वप्रदेस सचिवसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- लुम्बिनी प्रदेसका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सचिव अधिकारीसहित चार जनाविरूद्ध आइतबार विशेष अदालत

काठमाडौंमा १ करोड ३१ लाख ६० हजार रूपैयाँ भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

कृषि यान्त्रिकीकरण कार्यक्रममा उनीहरूले भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता भोला दाहालले कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५ / ७६ मा सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी नगराई भुक्तानीसम्बन्धी टिप्पणी तत्कालीन सचिव अधिकारीले सदर गरेको पाइएकोले मुद्दा दर्ता भएको बताए।

त्यस्तै कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक र आधुनिक कृषि संसार र संस्थानका प्रबन्ध निर्देशक राजाराम तिवारीले सम्झौतामा उल्लेख भएबमोजिम खरिद नगरी कम गुणस्तर र ब्रान्डको मिनिटिल्टर वितरण गरेको आरोपमा १ करोड ३१ लाख ६० हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ।

 

 

Tags: