post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान लाउबाचरले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन्।

भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बुधबार वरिष्ठ निर्देशक लाउबाचरले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेकी थिइन्।

परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई थप फराकिलो तुल्याउनेबारेमा छलफल भएको थियो।

लाउबचरले बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेकी थिइन्।

 

Tags: