post-slider post-slider

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

Image
A A

भक्तपुर- नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन्। नवौं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन्।

देउजाले २९० मत प्राप्त प्रदी प्रतिद्वन्द्वी मोहनवीर श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले भने २०१ मत प्राप्त गरेका छन्। श्रेष्ठलाई पूर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो। 

त्यस्तै, उपाध्यक्ष पदमा वासुदेव थापालाई हराउँदै किरण थापा निर्वाचित भएका छन् भने सचिवमा विष्णु तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि भक्तपुरमा भने निर्वाचन प्रणालीवाट नेतृत्व चयन भएको हो। मतादानबाट १ सय पाँच जनाको कमिटी चयन भएको छ। 

Tags: