post-slider post-slider

भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

Image
A A

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ।

शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सिसिडाडलाई २-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए। दुवै गोल पेनाल्टीबाट भएका थिए।

यो जितपछि रियल म्याड्रिडको ५ खेलमा ११ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ।

त्यस्तै, रियल सोसीडाडको भने यस सिजनमा यो तेस्रो हार हो। ५ खेलमा ४ अंक रहेको सोसीडाड १६औं स्थानमा झरेको छ।

Tags: