post-slider post-slider

बालकृष्ण खाँण भेट्न कारागार पुगे शशांक

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन्।

खाँणलाई भेट्न बुधबार बिहान ९:१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए। उनीसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको कारागार स्रोतले जानकारी दिएको छ। खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो।

थुनामा रहेका खाँणलाई कांग्रेस नेता डा. शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउदलगायतका नेताले पनि भेटिसकेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंको आदेशमा उनी १ असारमा पुर्पक्षका लागि कारागार चलान भएका थिए।

Tags: