post-slider post-slider

जिम्मबावेसामु २९१ रनको लक्ष्य

Image
A A

काठमाडौं- विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपालले घरेलु टोली जिम्बावेसामु २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जिम्बावेको हरारेमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले    योे लक्ष्य प्रस्तुत गरेको हो।

नेपाली टोलीले निर्धारित ५० ओभरमा   ८  विकेट गुमाएर २९०    रन बनाएको हो।

नेपालका तर्फबाट ब्याटिङ गर्दै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी बनाए।

कीर्तिमानी साझेदारी गरेका कुशल १ रनले शतक बनाउनबाट चुके। ९५ बलको सामना गरेका उनी ९९ रन बनाएर वेलिङटन मसाकान्डाको बलमा आउट भए।

कुशल आउट भएको केहीबेरमै आसिफलाई पनि मसाकान्डाले प्याबेलियन फर्काए। आसिफले सय बलको सामना गरेर ६६ रन जोडे।

कुशल र आसिफले ओपनिङ गर्दै नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारी गरेका हुन्।

दुवै ओपनर ब्याट्सम्यानले १७१ रनको साझेदारी गरेका हुन्।

यसअघि यही जोडीले सन् २०२२ जुनमा लिग टुमा ओमानविरूद्ध ११४ रनको साझेदारी गरेको थियो।

त्यस्तै २०२३ फेब्रुअरीमा आसिफ र ज्ञानेन्द्र मल्ले नामिबियाविरूद्ध लिग टुमा कीर्तिपुर मैदानमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए।

आसिफपछि ब्याटिङ गर्न आएका कुशल मल्लले ४२ बल खेलेर ४१, कप्तान रोहित पौडेल २९ बलमा ३१, आरिफ शेखले ११ बलमा १०, गुलशन झाले १३ र दीपेन्द्रसिंह ऐरीले ६ रन जोडे।

 

Tags: