post-slider post-slider

अविरल वर्षाले काठमाडौंका केही स्थान जलमग्न

Image
A A

काठमाडौं- सोमबार रातिदेखिको निरन्तरको वर्षाका कारण काठमाडौंका खोला वरिपरिका बस्ती डुबानमा परेका छन्। आसपासका नदीमा जल सतह बढेपछि काठमाडौं उपत्यकाका एमाले पार्टी कार्यालय‚ च्यासल फुटबल मैदान‚ शंखमूलस्थित शंखपार्क‚ यूएनपार्कलगायतका स्थान डुबानमा परेका छन्। 

सोमबार रातिदेखि मंगलबार बिहानैसम्म नै काठमाडौं उपत्यकामा भारी वर्षा भएसँगै खोला आसपासका बस्तीमा पानी पसेको हो।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुनेछ। यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ।


हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

Tags: