post-slider post-slider

ललिता निवास प्रकरणः १२ जना दोषी ठहर, ६५ जनाको जग्गा जफत हुने

Image
A A

काठमाडौँ - विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको हो। 

त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहरसमेत अदालतले गरेको छ।

दोषी ठहर हुनेमा रामकुमार सुवेदी र शोभाकान्त ढकाललगायत छन्।

Tags: