post-slider post-slider

पेरिस ओलम्पिक: अहिलेसम्म २० देशले जिते पदक

Image
A A

काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन्।

शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने कुल २० देशले पदक जितेका छन्।

जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ। अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो।

त्यस्तै, चीनले २ स्वर्ण र एक काश्य पदक जितेको छ भने अमेरिकाले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ। त्यसैगरी आयोजक फ्रान्सले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ।

अहिलेसम्म दक्षिण कोरिया, बेल्जियम, जापान, काजकिस्तान, जराम्नी र हङकङले स्वर्ण पदक जितेका छन्। 

त्यस्तै, इटाली र ग्रेट ब्रिटेनले रजत तथा काश्य पदक जितेका छन् भने  क्यानडा, फिजी र मंगोलियाले रजत पदक जितेका छन्। त्यसैगरी ट्युनिसिया, स्पेन, हंगेरी, दक्षिण अफ्रिका र स्वीडेनले कास्य पदक जितेका छन्।

Tags: