post-slider post-slider

मोटरसाइकल दुर्घटना हुँदा विराटनगर ३ नम्बर वडा कार्यालयका कर्मचारी विश्वासको मृत्यु

Image
A A

विराटनगर - मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।

ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Tags: