post-slider post-slider

‘स्वतन्त्रता प्रयोग गर्दा अरूको आस्थाको समेत ख्याल गरौं’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको बताएका छन्।

संविधानले दिएको त्यस्तो स्वतन्त्रता प्रयोग गर्दा अरूको आस्थामा समेत चोट पु¥याउन नपाइने व्यवस्था गरेको देउवाले स्मरण गराएका हुन्।

केही दिनयता धरानमा भइरहेको साम्प्रदायिक विवादका विषयमा सभापति देउवाले चिन्ता व्यक्त गर्दै, सामाजिक, धार्मिक र राजनैतिक सद्भावका अपिल गरेका छन्।

शनिबार वक्तव्य जारी उनले कसैको धर्म, संस्कृति र पम्पराप्रति कसैले पनि दख्खल पु¥याउन नमिल्ने बताएका छन्।

‘परापूर्वकालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमाले गर्दै आएका छौं। नेपालको कानुनले हरेक व्यक्ति र सम्पद्रायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपु¥याइ आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन। कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पु¥याउन पनि उचित हुँदैन,’ देउवाले भनेका छन्।

नेपालीको भावना र चाहनविपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको अनुकूल नहुने उनको भनाइ छ।

सभापति देउवाले अराजकताको धमिलो पानीमा खेल्न खोज्नेहरूलाई मात्रै फाइदा पुग्ने प्रष्ट पारेका छन्।

‘यस्ता घटनाबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य, अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमाग गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यक्ता हो,’ देउवाले वक्तव्यमा भनेका छन्।

 

Tags: