post-slider post-slider

३४ जिल्लाका नदीमा पानीको बहाब बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

Image
A A

काठमाडौं- आज देशभरका ३४ जिल्ला आसपास भई बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको छ। आज इलाम, झापा, सिन्धुली, मकवानपुर, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली र कन्चनपुर आसपास भई बहने केही स-साना नदीमा आकस्मिक बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले ज नाएको छ।

यी जिल्ला आसपास भई बहने नदी तथा खोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

यस्तै मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, प्युठान, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, बाजुरा, बझाङ र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ। यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले भनेको छ। 

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान छ। यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ। 

Tags: