post-slider post-slider

सरकार मेरा लागि ठूलो कुरा होइन : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्।

बुधबार पूर्वशिक्षामन्त्री एवं माओवादी केन्द्रका दिवंगत नो डिआर पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भइरहेको बताए।

सुशासनका लागि सरकार दृढतापूर्वक अगाडि बढेको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले आफ्ना लागि सरकारभन्दा सुशासनको विषय महत्वपूर्ण भएको जिकिर गरे।

‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु–सरकार कतै झुक्छ कि सम्झौता गछ कि भन्ने। तर, प्रष्ट रूपमा भन्छु– सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो। भ्रष्टाचार निर्मुल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन,’ उनले भने।

नयाँ ढंगले कम्युनिस्ट आन्दोलन अगाडि बढाउन समाजवादी मोर्चा बनाउने प्रचण्डले बताए।

उनले भने,‘नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनेमा छौं। हामी समाजवादी मोर्चा बनाउँदैछौं समाजवादको मौलिक बाटो खोजिरहेका छौं।’

 

Tags: