post-slider post-slider

उद्धव थापा भन्छन् – ‘केयर टेकर’ सरकारको मुख्यमन्त्री मै हुँ

Image
A A

काठमाडौं- कोसी प्रदेसमा सरकारको नेतृत्वबारे अन्योलता देखिएको बेला नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कामचलाउ सरकारको मुख्यमन्त्री आफू रहेको दाबी गरेका छन्।

मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियालाई सर्वोच्च अदालतले अवैध ठहर गरिदएपछि थापा बिहीबार पदमुक्त भएका हुन्।

विश्वासको मत नलिँदै थापा पदमुक्त भएपछि कोसी प्रदेसको मुख्यमन्त्री को हुने विषयमा यतिबेला अन्योलता देखिएको छ।

सर्वोच्चले सरकार गठनको प्रक्रिया नै अवैध भएको ठहर गरिदिएकोले कामचलाउ सरकारको मुख्यमन्त्री आफूरहेको नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पनि गरेको बताइएको छ।

काठमाडौंमा रहेका कार्की पदबहालीका लागि विराटनगर जान लागेको बुझिएको छ। 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार उनले विराटनगर विमानस्थलमा गाडी पठाइदिन फोन गरेका छन्।

आफू पदबहालीका लागि आउन लागेको बताएपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू अन्योलमा परेका छन्।

कार्कीलाई पदबहाली गराउने कि थापालाई नै गराउने भन्नेबारे अन्योलता सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बताउँछन्।

अन्योलताको स्थिति सिर्जना भएपछि प्रमुख सचिव दिपक काफ्ले प्रदेस प्रमुखसँग परामर्शमा जुटेका छन्।

प्रदेससभाबाट विश्वासको मत पाउन नसकेपछि १५ असारमा एमाले संसदीय दलका नेता कार्की नेतृत्वको सरकार ढलेको थियो।

एउटा सरकार विश्वासको मत नपाएर ढल्नु र त्यसपछिको सरकार अवैधानिक ठहर भएपछि कोसी प्रदेसको कामचलाउन सरकारको मुख्यमन्त्री को हुने अन्योल सिर्जना भएको हो।

सर्वोच्च अदालतले अर्को सरकार नबनुन्जेलसम्म मुख्यमन्त्री को हुने विषयमा केही बोलेको छेैन।

कांग्रेस संसदीय दलका नेता थापा भने संवैधानिक व्यवस्था र अहिलेसम्म चलिआएको अभ्यासको हिसाबले पनि आफू कामचलाउ सरकारको मुख्यमन्त्री भएको दाबी गर्छन्।

‘संविधानअनुसार पदमुक्त भइसकेका व्यक्ति फेरि कसरी पदबहाली गर्न सक्छन्,’ कार्कीको दाबीबारे उनले भने,कमचलाउ सरकारको नेतृत्व मौजुदा मुख्यमन्त्रीले नै गर्ने संवैधानिक व्यवस्था होइन र? यसमा विवाद गर्ने कुनै कारण नै देख्दिनँ।’

प्रदेस प्रमुखले अर्को व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा सपथग्रहण गराइसकेपछि अघिल्लोले दाबी गर्न नमिल्ने उनको भनाइ छ।

अदालतले मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै खारेज गरिदिएपछि थापाको कामचलाउ हैसियत नै नरहेको र असार २१ भन्दा अगाडिको अवस्था सुरू भएको संविधानविदहरूको तर्क छ।

संविधानविद एवं वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली सर्वोच्चले जुन विन्दुबाट प्रक्रिया सुरू भएको हो त्यहीँबाट सुरू गर्न भनिदिएपछि थापा कामचलाउ मुख्यमन्त्रीको हैसियतमा नरहेको तर्क गर्छन्।

नयाँ सरकार गठनका लागि प्रदेस प्रमुख पर्शुराम खापुङले आजै आह्वान गर्ने तयारी गरेका छन्।

प्रदेस प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले प्रदेस प्रमुखबाट सरकार गठनका लागि आजै आह्वान हुने बताए।

सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेससभा सदस्यलाई ७ दिनभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ।

कांग्रेस संसदीय दलका नेता थापा प्रदेस प्रमुखबाट सरकार गठनका लािग आह्वान हुँदा आफूहरूको दाबी रहने बताए।

उनले प्रक्रिया पु¥याएर सरकारको नेतृत्वका लागि आफूहरूले दाबी गर्ने उल्लेख गरे।

‘यसअघिको प्रक्रिया नमिलेको सर्वोच्चले व्याख्या गरेको छ,’ उनले भने,‘प्रक्रिया पु¥याएर सरकारको नेतृत्वका लागि हाम्रो दाबी रहन्छ।’

 

Tags: