post-slider post-slider

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव ढकालविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा.प्रदीप ढकालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सार्वजनिक पदमा रहेर गैरकानुनी रूपमा ‘अकुत’ सम्पत्ति आर्जन गरेको देखिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले ढकालविरूद्ध १ करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँ बिगोदाबी गरेको छ।

त्यस्तै बिगोअनुसार जरिवाना र दुई वर्ष कैद सजाय अख्तियारको मागदाबी रहेको छ।

ढकालले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४ साउन ३२ गतेदेखि सम्पत्ति विवरण पेस गरेको २०७९ जेठ ३० गतेको अवधिसम्म ६ करोड ३९ लाख ९३ हजार ३१२ रूपैयाँ बराबर स्रोत खुलेको सम्पत्ति आयको रूपमा देखिएको छ।

तर, त्यस अवधिमा उनले ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ खर्च तथा लगानी गरेको देखिँदा १ करोड ४४ लाख बढी रूपैयाँको स्रोत खुलेको नदेखिएको अख्तियारले जनाएको छ।

ढकालले स्रोत खुलाउन नसकेको रकमलाई अवैध सम्पत्ति कायम गर्दै अख्तियारले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले ढकाललाई २०७४ साउनमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको थियो।

 

Tags: