post-slider post-slider

कस्तो रहला आज देशभरको मौसम?

Image
A A

काठमाडौं- देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
 
आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोसी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।  

विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। कोसी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र देशका बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हल्का देखि मध्यम वर्षाको सम्भावना रहका क्षेत्रका नदीमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको सम्भाना रहेको विभागले जनाएको छ। दैनिक जनजीवन र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। 

मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानको आसपासमा रहेको छ।  

Tags: