post-slider post-slider

कोशीको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त

Image
A A

मोरङ- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन्।

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कटुवाललाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन्। उनलाई सोमबार उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का अधिवक्ता कटुवाल कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका थिए। पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए।

Tags: