post-slider post-slider

मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

Image
A A

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।

‘सनातन धर्मावलम्बी सम्पूर्ण नेपाली’ नामक संस्थाले मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।

मन्त्री किराँतीले गैरजिम्मेवार र गैरसंंवैधानिक वक्तव्य दिएको भन्दै यो समूहले विरोध जुलुस निकालेर राजीनामा माग गरेको हो।

केही दिनअघि राजधानीको एक कार्यक्रममा उनले क्रिश्चियन धर्मको विरोध गर्दा संविधानको समेत विरोध हुने भन्दै विरोध गर्नेलाई हतकडी नै लगाउनुपर्ने बताएका थिए।

मन्त्री किराँतीले जिसस क्राइस्ट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उही दर्जाको व्यक्तित्व भएको जिकिर गरेका थिए।

 

Tags: