post-slider post-slider

पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दिँदा सात जना घाइते

Image
A A

काठमाडौं– काठमाडौंको पेप्सीकोलामा एक बसले अन्य तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन्। बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्करलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन्।

काठमाडौंको पेप्सिकोलास्थित गुडिरहेको बा२ज ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए।

बसले विपरीतबाट बा ६ च ५३४२ नम्बरको बोलेरो, बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका(२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Tags: