post-slider post-slider

इमर्जिङ टिम्स एसिया कप : पाकिस्तानविरूद्ध नेपालले ब्याटिङ गर्दै

Image
A A

काठमाडौं- श्रीलंकामा जारी एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ।

नेपालले पाकिस्तान ‘ए’ विरूद्ध टस जितेर पहिले ब्याटिङ रोजेको हो।

कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।

प्रतियोगितमा पाकिस्तानको ‘ए’ टोली रहेता पनि केही चर्चित अनुहारसमेत रहेका छन्। पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ‘ए’ टोली इमर्जिङ कपमा उत्रिएको हो।

टोलमिा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनबाज दाहानीसमेत रहेका छन्।

गत मेमा नेपालमा भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो।

टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो।

दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। यो खेल १७ जुलाईमा हुनेछ। समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ।

प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन्। नेपालले आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ।

प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ।

 

Tags: