post-slider post-slider

सुनको मूल्य तोलामा तीन सयले घट्यो, आजको बजार भाउ कति?

Image
A A

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ। 

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

Tags: