post-slider post-slider

नेदरल्याण्ड्सले दियो नेपाललाई १२१ रनको लक्ष्य

Image
A A

काठमाडौं, फागुन १९ - नेदरल्याण्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ। 

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १२० रन बनाएको हो।

नेदरल्याण्ड्सका लागि म्याक्स ओ दाउदले सर्वाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए।

त्यस्तै, रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए।

प्रतिसले ४ ओब्र्मा १३ रन दिएर ३ विकेट लिएका हुन। त्यसैगरी करण केसी र कुशल मल्लले २-२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए।

 

Tags: